मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्नुस्: अध्यक्ष ओली
काठमाडाैं | कात्तिक १५, २०७९
काठमाडौं । नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन स् स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष जाने भएको छ ।
अघिल्लो निर्वाचनमा नेपाली जनताले राजनीतिक स्थायित्व र समद्धिका लागि मत दिएर मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएको घटनाको स्मरण गर्दै एमालेले आगामी निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा एक मतले देशको भाग्य कोर्ने भएकाले अमूल्य मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्न अपिल गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गरी जारी भएको घोषणापत्रमा मुलुकमा न्याय, समानता र समृद्धिका जनआकाङ्क्षा पूरा गर्न एमालेले अविचलित निष्ठाका साथ लडिरहने सङ्कल्प गरेको छ । आगामी निर्वाचन विभिन्न सङ्कटको चक्रव्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौँ भनी संसारलाई देखाउने अनुकूल समय हो ।”
गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बीचमा हुन गइरहेको निर्वाचनको विशेष महत्त्व रहेको उल्लेख गर्दै एमालेले भनेको छ, “हामीले खसाउने प्रत्येक मतले मुलुकको आगामी बाटो र भविष्यको फैसला गर्नेछ ।”
कोभिड महामारीको चुनौतीबीच पनि एमाले नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल रहेको दाबी गर्दै छोटो अवधिमै संविधानको सफल कार्यान्वयन गरेको विषय घोषणापत्रमा समेटिएको छ ।
प्रदेश र स्थानीय सरकार गतिशील बनेको, संविधान निर्माण भएको तीन वर्ष र निर्वाचनको पहिलो वर्षभित्रै सङ्घीयताको सफल कार्यान्वयनको उदाहरण विश्वमै नौलो भएको, संविधानप्रति असन्तुष्ट दलसमेत सरकारमा सहभागी हुनु, संविधानको कार्यान्वयनमा सहमत बन्नु र संविधानको सर्वस्वीकार्यता स्थापित हुनुलाई त्यस अवधिका उल्लेख्य उपलब्धिका रूपमा घोषणापत्रमा चित्रण गरिएको छ ।
सार्वभौम समानता, पारस्परिक लाभ एवं सम्मान र अहस्तक्षेपका मान्यतामाथि आधारित भएर विदेश सम्बन्ध सदृढ गरिएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ “कतिपय नसुल्झेका समस्या सुल्झायौँ र नयाँ कामअघि बढाई सम्बन्धलाई नयाँ उचाइमा पुर्यायौँ ।”
घोषणापत्रमा नयाँ नक्सा प्रकाशनमा ल्याएको, अतिक्रमित भूमि फिर्ताका लागि कूटनीतिक संवाद सुरु गरेको, नेपालले बाह्य सम्बन्ध विस्तार र सुदृढीकरणमा गुणात्मक विकास गरेको घटना स्मरण गरिएको छ । एमालेले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गरेको छ ।
एमाले नेतृत्वकालमा भूकम्पपछिको पुन:निर्माणमा अन्तर्राष्ट्रिय जगत्ले समेत प्रशंसा गरेको उदाहरणीय सफलताका रूपमा रहेको, सरकार निर्माणपछि लगातार सात प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गरेको, बाह्य लगानीमा ठूलो परिमाणमा वृद्धि भएको घोषणापत्रमा दाबी गरिएको छ ।
एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशामा प्राप्त उपलब्धिले जनतामा सुखद् भविष्यप्रति विश्वास बलियो र मनोबल उच्च बनाएको उल्लेख गरेको छ । घोषणापत्रमा आगामी निर्वाचनमार्फत गतिहीनता, अवरोध र उल्टो यात्रालाई रोकी देशलाई शान्ति, स्थिरता, स्थायित्व, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा विकासको बाटोमा अग्रसर गराउन आवश्यक रहेको उल्लेख गरिएको छ ।
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

